अमृत भट्टराई / बिहादी ,पर्वत । पछिल्लो समय देशका विभिन्न जिल्ला र विभिन्न समुदायमा कोरोना भाइस देखिदै गएपछि पर्वतको बिहादी गाउँपालिका मा पनि बुधबार समुदायका ११० जनाको PCR स्वाब संकलन गरि प्रयोगशाला पोखरामा परिक्षण को लागि पठाएको बिहादी गाउँपालिका स्वास्थ शाखा प्रमुख हरि भुसालले जानकारी दिएका छन । भुसालका अनुसार समुदाय स्तरमा कोरोना छ छैन भनेर थाहा पाउन काली बिहादी गाउँपालिका का जनप्रतिनिधि , स्वास्थ्यकर्मी , सवारी चालक , बैंकका कर्मचारी , सुरक्षाकर्मी , व्यापारी गरी पुरुष ९९ र महिला ११ को स्वाव संकलन गरि प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशाला पोखरामा परिक्षण का लागि पठाइएको छ। अहिलेसम्म पर्वत जिल्लामा १०७ जना कोरोना संक्रमित देखिएका छन् भने बिहादी गाउँपाकिका मा मात्र ५ जना रहेका छन् । बिहादीका ५ जना संक्रमित मध्य चार जनाको उपचार पछि निको भएर घर फर्किसकेका छन् भने एकजनाको पोखरामा आइइसियमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा का प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिए । जिल्ला अस्पताल पर्वतको प्रविधिक सहयोग विहादी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वाव संकलन गरिएको गाउँपालिक का अध्यक्ष कमल प्रसाद भुसालले जानकारी दिए ।
पर्वतको विहादि गाउपालिकाको समुदायका ११० को पिसिआर टेस्ट