६ फागुन, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका- ११ स्थित कुमारी चाेकमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ठक्करबाट सोही स्थानका ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको छ । उनी बिहान ५ बजे मर्निङवाकमा निस्किएका थिए । उनी संगै बसले स्थानीय आरती थापालाई पनि ठक्कर दिएको थियो ।
शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिदा खौसियाको मृत्यु भएको छ भने उनी संगै घाईते भएका थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीले बस सहित चालकलाई नियन्त्रणमा लिएर थप आवस्यक अनुसन्धान गरि रहेको जनाको छ ।