शर्मीला चापागाई, शंखदेव , फागुन ४ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवमा रहेको शिक्षा बोधनी माध्यामिक विद्यालय को ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालयको शैक्षिक सुधारका लागी गाउँपालिकाको सधै साथ र सहयोग रहीरहने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मि पाण्डेले बताउनुभयो । विद्यालयको ४९ औँ वार्षिकाेत्सव मनाईरहदा विद्यालयलाई यो अवस्था सम्म ल्याई पु¥याउने शिक्षक ,विद्यार्थी , अभिभावक सम्पुर्णमा धन्यवाद दिदैे प्रगती र उन्नतीका लागी अध्यक्ष पाण्डेले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल , प्रमुख प्रशासकीय अधिकृत अशोक कोईराला , हुप्सेकोट ४ का वडा अध्यक्ष रोशन थापा , बिद्यालयका निमित्त प्रध्यानाध्यापक कृष्णप्रसाद न्यौपाने , निर्वतमान प्रध्यानाध्यापक मित्रलाल तिवारी , वडा सदस्य रुक्मागत भुर्तेल लगायतले बोल्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा केही दिन अगाडिबाट विद्यालयमा आयोजना गरिएका बिभिन्न खेलहरुमा बिजयी हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थी हरुले नाँचगान समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा गाँउ शिक्षा शाखाका अधिकृतहरु , स्रोत व्यक्ति , जनप्रतिनिधि , समाजसेवी , शिक्षक , विधार्थी ,अभिभावक लगायतको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्यामप्रसाद भुर्तेलको अध्यक्षतामा भएको थियो । विद्यालयका शिक्षिका सिर्जना खनालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन विद्यालका शिक्षक केशवप्रसाद गौडेलले गर्नुभएको थियो ।
शिक्षा बोधनीको ४९ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न