उत्तम कुमार थापा।
बझ जिल्लाको खप्तड छान्ना गाँउपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन गरीएको छ । शिविर बाट खप्तड छान्ना गाँउपालिका वडा नम्बर १ देखी ७ सम्मका अति विपन्न गरीब बेसाहारा, अपाङ्गता भएका व्याक्तिहरु , बुद्धबृद्धाहरुले पनी स्वास्थ्य सेवा पाएका छन् ।


स्वास्थ्य कार्यालयले खप्तड छान्ना गाँउपालिकामा एकीकृत प्रजनन स्वास्थ्य शिबीर संचालन गर्दा एक हजार भन्दा बढीले सेवा पाएको परिवार नियोजन सुपर भाईजर डिल्ली रमण जोशिले बताउनुभयो । गाँउपालिकाका स्थानीय बासिन्दाले प्रजनन् स्वास्थ्य सेवा, नसर्ने रोग सम्बन्धि सेवा, क्ष रोग तथा कुष्टरोग सेवा, जनरल ओपिडी सेवा, आँखा स्वास्थ्य सेवा, दन्त उपचार सेवा, भिडीयो एक्सरे सेवा, ईसीजी सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच सेवा समेत पाएको कार्यालय प्रमुख भानुभक्त जोशिले बताउनुभयो पाठेघरको मुखको क्यान्सरको जाँच गर्दा ३ जनामा भिआईए पोजेटीभ देखीएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा खप्तड छान्ना गाँउपालिकाका कार्यावाह अध्यक्ष भिम बहादुर रोकायाले शिवीरले स्थानीय बासिन्दालाई ठुलो राहात पुगेको बताउनुभयो । उनले आर्थिक अवस्था कमजोर भएका, बृद्धबृद्धा, बालबालिका, फरक क्षमता भएका ब्यक्ती तथा अपाङ्गता भएका ब्यक्तीहरुले सहज रुपमा सेवा प्राप्त गरेको बताउदै, आगामी दिनहरुमा समेत स्वास्थ्य कार्यलयले यस्ता कार्यक्रमहरु नियमीत रुपमा संचालन गर्न आवष्यक रहेको सुझाब दिनुभयो । साथै उनले समाजमा जस्तो सुकै रोग लागेको भएपनि स्वास्थ्य उपचार गराउन नजाने भएका कारण घर आगनमा नै यस्ता शिबीर संचालनले धेरै जस्तो ब्यक्तीहरुको अकालमा ज्यान जान बाट बच्ने समेत बताए ।
यता स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले यो शिबीर एकै खप्तड छान्ना गाँउपालिकामा मात्रै नभएर जिल्लाका विकट तथा दुर्गम ठाँउहरुमा समेत संचालन गर्ने योजना रहेको बताए । जोशिले अबको केही दिनमा नै दंगाजी, बुंगल नगरपालिका लगायतका ठाँउहरुमा समेत शिबीर संचालन गरीने बताए । जिल्लाको विषशेज्ञ सहीतको टोली शिबीरमा खटीएको उहाँको भनाई छ । स्वास्थ्यमा जटील समस्या देखा परेका ब्यक्तीहरुलाई परामर्स पछि जिल्ला तथा बाहीरी जिल्ला समेत रिफर गर्ने गरेको जोशिले बताए ।