कृष्ण पौडेल ,गुल्मी।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा खबरदारीका लागि युवाहरुले स्वतन्त्र युवा सञ्जालको स्थापना गरी समिति गठन गरेका छन् कालीगण्डकि गाउँपालिकाको स्वतन्त्र युवाहरूको भेलाले सम्बृद्ध कालीगण्डकी गाउँपालिका को लागि सचेत युवा भन्ने मूल नाराका साथ पत्रकार हरिकुमार केसीको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको हो कार्यसमितिले उपाध्यक्षमा दीपक बुढा मगर र थम्मन रास्कोटी मगर रहनुभएको छ भने सचिव तिलक सुनार सहसचिवमा मिरा श्रीस बुढा हुनुहुन्छ भने कोषाध्यक्षमा यमु थापालाई चयन गरेको छ भने सदस्यमा सुरेश बलाल दिपक न्यौपाने गोविन्द थापा बिष्णु क्षवाली मीन बहादुर बि सि यम बहादुर चालिसे र सन्जोक घर्ती मगर लाई चयन गरेको छ र यस्तै भेलाले सल्लाहकार मा तिलक दर्लामी कुल बहादुर राना दिनेश ढकाल नारायण सुवेदी र कृष्ण पौडेल लाई चयन गरेको छ उक्त समितिले कालिगण्डकी गाउँपालिका भित्रका समस्यालाई सम्बन्धित वडाका जनप्रतिनिधि र गाउँपालिका मार्फत समाधानको लागि पहल गर्ने गाउँपालिका भित्र हुने बिकासका अनियमितताको विरुद्धमा सम्बन्धित जनप्रतिनिधि समक्ष स्पष्ट कारण देउ आदेशको लागि खटिने गाउँ पालिका भित्र आउने हरेक योजनाको बारेमा महत्व पूर्ण विवरणको अभिलेख राख्ने गाउँपालिका भित्र हुने विभिन्न प्रकारका विकासको कार्यमा सक्रियताका साथ सहभागिता भई सम्पूर्ण खर्चको विवरण अभिलेख गर्ने पाटी पार्टीको नाममा हुने असमानुपातिक बिकासको विरुद्धमा आवाज उठाउने गाउँपालिका भित्र कहिँकतै प्राकृतिक प्रर्कोप या अन्य कारणबाट क्षत बिक्षत भएका नागरिकलाई सक्दो भौतिक र आर्थिक सहयोग जुटाउनमा अग्रणी भूमिका निर्वाह गर्ने कालीगण्डकी गाउँपालिका युवाहरु बताउँछन्।