शालिकराम भट्टराई ,नवलपुर। मध्यबिन्दु ३ रतनपुरमा गैडाको आक्रमणबाट एक वृद्ध घाइते भएका छन । मध्यबिन्दु ३ रतनपुरका अन्दाजी ६० बर्षिय उनी गाई भैसी चराइरहेका बेला एक्कासी गैडा आएर आक्रमण गरेको स्थानीय दिनेश खनालले जानकारी दिनुभयो । गैडाको आक्रमणबाट उनको साप्रामा गहीरो चोट लागेको छ । गैडाले आक्रमण गरेको देखेपछी संगै गाई भैंसी चराउन गएका साथीहरु चिच्याएपछि गैडा भागेर नारायणी नदितर्फ गएको स्थानिय खनालले जानकारी दिनुभयो । अहीले उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । हिउद लागे संगै मध्यबिन्दु २,३ र कावासोती १५, १७ लगाएतका ठाउमा चितवन रास्टीय निकुञ्जबाट दिनहु जसो गैडा र बदेल बस्तीमा प्रबेश गरी स्थानियले लगायका बाली नाली सखाप पार्नुका साथै मानबिय क्षती समेत पुर्याउने गरेको छ । जसको नियन्त्रण समन्धीत निकाय मौन देखीन्छ ।
नवलपुरमा गैडा आतंक : मध्यविन्दुमा फेरि एक घाइते,संबंधित निकायको वेवास्ता