स्याङ्जा, माघ १६।पहिलो पाइला नेपाल स्याङ्जा शाखा ले सहिद दिवसको अवसर पारेर स्याङ्जा सहिद चोकमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न कालखण्डमा देश परिवर्तनका खातिर प्राण आहुती दिने सहिदहरुको उच्च सम्मान गर्दै दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको हो। उक्त कार्यक्रम मा बोल्दै शाखा सचिब झलक अर्याल ले सहिद्ले देखाएको बाटोमा हिडेर देश र आर्थिक अवस्थामा परिवर्तन गर्नुपर्ने आजको आवश्यकता भएको बताएका थिए। उक्त कार्यक्रममा नगरबासी,बिद्यार्थी , सुरक्षाकर्मी तथा पत्रकारको बाक्लो उपस्थिती थियो।
पहिलो पाइला नेपाल स्याङ्जा शाखा स्याङ्जामा अग्रणी सामाजिक संस्थाको रुपमा परिचित छ। शाखाले कोरोनाकालको विषम परिस्थितिमा food bank,शैक्षिक सामाग्री बितरण,सरसफाइ,औषधी बितरण,न्यानो कपडा बितरण जस्ता सामाजिक कार्यक्रम गर्दै आएको छ। २०७७/१०/१८ देखि शाखाले विभिन्न ३० बिधालयमा करिब २००० बिद्यार्थीको दन्त परिक्षण तथा निशुलक औषधि बितरण कार्यक्रम गर्न लागेको शाखा सचिब झलक अर्यालले बताएका छन।
शहिदको सम्मानमा पहिलो पाइला नेपालको दिप प्रज्वलन