चोरमारा । नवलपुरको कावासोतिबाट लागुऔषध सहित दुर्इ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध १ प ५६९१ नं.को मोटरसाइकललाई शंका लागि चेकजाच गर्ने क्रममा दुइ युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका २ बस्ने २२ बर्षिय संगम बस्याल र मोटरसाईकलको पछाडि सवार काठेखोला गाउँपालिका १ बस्ने २२ वार्षिय जीवन के.सी. रहेका छन् । उनिहरुको साथबाट नुर्फिन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध बरामद गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित २ युवा पक्राउ