कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारीे दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको शनिवार भएका २ खेलमा कावासोतीको भानु युथ एकेडेमी र आयोजक नवज्योति युवा क्लव पहेंलो समूहले जित निकालेका छन् ।
शनिवार हसौराको नवदुर्गा सामुदायिक वनस्थित खेल मैदानमा भएको खेलमा भानुले नवदुर्गा युवा क्लव भाटटोलालाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो भने आयोजक नवदुर्गा पहेलोले अरुणखोला एफ सीलाई २–१ गोल अन्तरले हरायो ।
आज भएका २ खेलमा भानुका तर्फवाट जर्सी नं. ६ का शिव बोटे र आयोजक पहेलोका जर्सी नं. ७ का प्रकाश महतो म्यान अफ द म्याच बनेका छन् ।बोटेले एउटै खेलमा ३ गोल गर्दै ह्याट्रिक गरे भने महतोले १ गोल गरेका हुन् ।
आईतवार प्रगति कला मन्दिर दलदले र सूर्योदय युवा क्लव कोल्हुवाबीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैंया र दोस्रोलाई ३५ हजार रुपैंया पुरस्कार रहेको छ भने ट्रफी, मेडल र प्रमाणपत्र समेत रहेको आयोजकले जनाएको छ । नवलपुरभित्र रहेका क्लवहरुमध्ये १६ टीमले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको अफिसियल मिडिया पार्टनर सामर्थ्य एफ् एम रहेको छ । कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।
प्रतियोगिाको अफिसियल मिडिया पार्टनर सामर्थ्य एफ् एम रहेको छ । कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।