कावासोतीः
लायन्स क्लव अफ नवलपुर , कावासोती र एम आर आर टिम नवलपुरको संयुक्त आयोजनामा कावासोती –८ मा रहेको मौलाकालीका अपाङ्ग सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कावासोती –८ मा रहेको मौलाकालीका अपाङ्ग सेवा केन्द्रमा रहेका बालबालीकाको आईतवार निशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि उपचार गरिएको लायन्स क्लव अफ नवलपुर कावासोतीका संस्थापक अध्यक्ष बुद्धि सागर पोख्रेल (सागर) ले जानकारी दिए ।
भरतपुरको एभरेष्ट अस्पतालका डाक्टर राजन पौडेल सहितको टोलीले सेवा केन्द्रमा रहेका १७ जना बालबालिकाको स्वास्थ्य परीक्षण एवम् औषधि उपचार गरेको संस्थापक अध्यक्ष पोख्रेलले जानकारी दिएका छन् ।
स्वास्थ्य परीक्षणमा संलग्न टोली प्रमुख डाक्टर पौडेलले सेवा केन्द्रमा रहेका सबै बालबालिकाको आफु आवद्ध रहेको एभरेष्ट अस्पतालबाट ल्याव, एम्वुलेन्स खर्च, औषधि उपचार सहित बिरामी कुरुवा खर्च समेत निशुल्क गरिदिने घोषणा गरेका छन् ।
स्वास्थ्य शिविरमा लायन्स क्लव अफ कावासोती र एम आर आर टिम नवलपुरका सदस्यहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रमलाई शंकर पोलीक्लीनिक कावासोती र हाम्रो थकाली किचन एण्ड लजले सहकार्य गरेको क्लवका सचिब रमेश बस्ताकोटीले जानकारी दिए ।
मौलाकालिका अपाङ्ग केन्द्रमा निशुल्क स्वास्थ्य शिविर