कावासोती,नवलपुर।जन्मदिनको अवसरमा अनावश्यक फजुल खर्च गर्नुभन्दा सामाजिक सन्देश प्रवाह गर्ने खालका कार्यक्रम गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कावासोती २ निवासी पत्रकार किरण भुर्तेलले बालबालिकालाई कपि कलम लगायतका शैक्षिक सामाग्री तथा आर्थिक अवस्था कमजोर भएका १० घर परिवारलाइ न्यानो शिरक वितरण गरेका छन।
वौदिकाली गाउपालिका वडा न ५ का दुई आधारभूत तथा एक माध्यमिक विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ कपि कलम वितरण गरिएको हो।आर्थिक अवस्था कमजोर हुदा जाडोले गर्दा समस्यामा परेका १० घर परिवारलाइ शिरक समेत वितरण गरिएको थियो।आफ्नो जन्मदिनलाइ अनावश्यक भोज भतेर ,केक काटेर मनाउन भन्दा बालबालिका तथा आभिभावक हरुलाइ शिक्षा प्रदान गर्ने सामाजिक कार्यक्रमा आफ्नै वडामा गरेकोमा कार्यक्रमका प्रमुख अतिथी वडा न ५ का वडाध्यक्षले धन्यवाद दिए।
आफुले बिगत लामो समयदेखि विभिन्न सामाजिक कार्यक्रम गरिरहेको सन्दर्भमा आफ्नो जन्मदिन जस्तो विशेष दिनलाई अझ बढी महत्त्वपूर्ण र सार्थक बनाउन सकारात्मक सामाजिक सन्देस छर्ने कार्य गर्ने उद्देश्य अनरुप शैक्षिक सामाग्री वितरण कार्यक्रम तथा न्यानो शिरक वितरण गरेको भुर्तेलले बताए।
कार्यक्रम अन्तर्गत तीन विद्यालयमा २८१ जना बालबालिकालाई कपि कलम वितरण गरिएको थियो भने १० विपन्न घर परिवारलाई न्यानो शिरक वितरण गरिएको थियो।कार्यक्रम वौदिकाली ५ का स्थानीय समाजसेवी युवा स्थानिय तहको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका वडाध्यक्षका प्रत्यासी अनिल रानाको आग्रहमा गरिएको थियो भने कार्यक्रमको संयोजन स्थानिय शिक्षक ढक बहादुर सारु मगरले गरेका थिए।कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका थिए भने कार्यक्रममा युवा नेता लक्षु रिजाल,हुमन पाण्डे,लगायत स्थानीय जनप्रतिनिधि,शिक्षकहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।
जन्मदिनको अवसरमा वालबालिकालाइ शैक्षिक सामाग्री र विपन्नलाइ न्यानो शिरक वितरण