स्याङ्जाको भिरकोट नगरपालिकाका एक किशोर किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
भीरकोट नगरपालिका वडा नं ५ स्थायी घर सोही नगरपालिका वडा नं ६ बस्ने १९ वर्षीय आशिष थापाले १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
थापाले ती बालिकालाई विवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको अधिकारीले बताए ।
प्रहरीले थापालाई पक्राउ गरी करणीसम्बन्धी कसुर “जबरजस्ती करणी’’ मुद्धा दर्ता गरी जिल्ला अदालतबाटे म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जनाएको छ ।