सोमबार, पौष २०, २०७७
काठमाण्डौ -पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ ।
पश्चिमी वायुको प्रभावकै कारण केही ठाउँमा वर्षासमेत भएको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै गण्डकी प्रदेशको म्याग्दीमा वर्षा भएको छ ।
प्यूठान, दाङ, गुल्मी, काभ्रे, दोलखा, भोजपुर, उदयपुरमा पनि पानी परेको छ ।
आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँमा र लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
अहिले काठमाण्डौ उपत्यकाका केही ठाउँमा फाट्टफुट्ट पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने मौसमविद्ले बताएका छन् ।
धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ ।