कोरोना भाईरस संक्रमण फैलिने डरका कारण बन्द रहेको मुक्तिनाथ मन्दिर खोल्न पहल भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मन्दिर खोल्न तदारुकता देखाएको छ ।
वारागुङ मुक्तिक्षेत्रको अगुवाइमा जनप्रतिनिधि गाउँ मुखिया, कर्मचारी, सरोकारवाला र स्थानीयबीच चाँडोभन्दा चाँडो सर्वसाधारणका लागि मन्दिरमा दर्शन गर्न पाउने गरी खुला गर्ने सहमति भएको छ ।
अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले अब मुक्तिनाथ मन्दिर खोल्न ढिला गर्न नहुने निश्कर्ष निकालेको छ ।
अध्यक्ष गुरुङले मुक्तिनाथ मन्दिर खुल्ला भएको अवस्थामा जिल्लाको आर्थिक समृद्धि, पर्यटन, रोजगार र भत्तजनको हित हुने भएकाले यसमा सबैको सामूहिक पहल हुनुपर्ने बताए ।
कोरोना कहरकै कारण मुक्तिनाथ मन्दिर गत चैत्र १० गतेदेखि बन्द छ ।
मुक्तिनाथ मन्दिर खोल्न सहमति