बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीकै एक बृद्धको मृत्यु भएको छ ।
आज बुधबार बिहान शुद्धोधन गाउँपालिका १ का ७० बर्षका बृद्ध पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।
गत मंसिर २७ गते कोभिड पोजेटिभ पुष्टि भएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।