बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ की ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका वडा नं २ मुडुलाका ३८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल १ की ६७ वर्षीया महिला कोरोना पोजेटिभ भई साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । उनी स्वासप्रस्वासमा समस्या, दीर्घ रोगी, प्रेसर र मृगौलाको बिरामी रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य थप गम्भीर हुँदै जाँदा थप उपचारको क्रममा आज आइतबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै सम्मरीमाई गाउँपालिका वडा नं २ मुडुलाका ३८ वर्षीय पुरुष भदौ १ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए । उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो र उपचारको क्रममा दिउँसो १:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित बुटवल कोरोना विशेष अस्थायी अस्पताल आई.सि.यु.को (सघन कक्ष) भेन्टिलेटरमा राखेर उनीहरु दुवै जनाको उपचार भईरहेको थियो ।