हुम्लामा गए राति ११ बजेको समयमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जसमा एक वर्षको बच्चासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उक्त जिपमा ११ जना सवार थिए ।
प्रहरी अनुसार चार जनाको मृत्यु हुनेमा पर्वत सुनार, पारस बोहरा, डिकी तामाङ र गुरु तामाङ रहेका छन् ।
राति १२ बजे ७ जना घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको जसमा मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चार जनाको शव जिल्ला अस्पताल हुम्लामा राखिएको श्रोतले जनाएको छ ।