कावासोतीको कालिगण्डकी हस्पिटल देखि केयर कार्डको सुविधा प्रदान गर्ने भएको छ। ज्योति लाइफ इन्स्योरेन्सका ऐरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले र कालिगण्डकी हस्पिटलका डा .छविलाल थापाले हिजाे कालिगण्डकी हस्पिटलमा भएको उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
ज्योति केयर कार्ड भन्नाले ज्योति लाइफ इन्स्योरेन्स देखि इन्स्योरेन्स गर्नेहरूले विमा सेवाका अतिरिक्त विभिन्न सेवा प्रदायक साझेदारीहरुबाट सम्झौता बमोजिम उनिहरुले प्रदान गर्ने सेवाहरूमा प्राथमिकता तथा भुक्तानि गरिने बिलमा विशेष छुट पाउनेछन् ।
ज्योति लाइफ इन्स्योरेन्सले शहरदेखि गाँउ सम्म घर घरमा बिमा सचेतना अभियान भन्ने नाराका साथ कावासोती होटल थकालीमा कार्यक्रम गरेको थियो।होटल थकालीमा गरिएको इन्सुरेन्सको उक्त कार्यक्रममा कावासोती उप शाखा प्रमुख गगन् न्यौपानेले स्वागत मन्तव्य दिएका थिए ।
सो कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्सका ऐरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले अरु बिमा कम्पनीभन्दा ज्योति लाइफ इन्स्योरेन्स फरक किनभन्ने कुरामा अन्तरक्रिया साथै उपस्थित नगर बुद्धिजिबि, एजेन्सी म्यानेजर लगाएत सम्पूर्ण एजेन्टहरू ज्योति केयर कार्डको बारेमा सम्बन्धित कार्यक्रममा जानकारी गराउनुभएको थियो।