कावासोती ,नवलपुर,भाद्र ७ । कावासोती नगरपालिका वडा न ३ मा आज बिहान ९ बजेको समयतिर चोरी प्रयास भएको छ।एकाबिहानै ४ जनाको समुहम आएका चोरहरुको समुहले स्थानिय बेल ब गुरुङको आमाको घरबाट मोबाईल र २ वटा साइकल चोरी गर्न लागेका थिए।सोही समयमा केही स्थानीयले चोरी गर्दै गरेको देखेपछी उनिहरुलाइ समात्ने प्रयास सुरु गरे ।चोरहरु भाग्ने क्रममा स्थानीयले दुई जनालाइ समात्न सफल भए भने दुई जना चाहिँ भाग्न सफल भए। पक्राउ गरिएका चोरहरु संङ्ग स्थानीयले सोधखोज गर्दा नाम ठेगाना केही पनि नखुलाएको स्थानीय कृष्ण क्षेत्रीले जानकारी दिएका छन। चोरहरुलाइ समातेर बाधेर चोकमा राखेपछी स्थानीयले पुलिसलाइ खबर गरेका थिए।हाल उनिहरु प्रहरि हिरासतमा रहेका छन।प्रहरिले थप दुई जनाचोर हरुको खोजी कार्य सुरु गरेको पक्रााउ परेका हरुसित सोोधपुछ भैरहेको जिल्ला प्रहरीले कार्यालय कावासोतिका प्रवक्ता तथा डि एस पि मोहन खाडले जानकारी दिएका छन।कावासोती ३ का स्थानीय बासिन्दा भने यसरी एकाबिहानै चोर समुदायमा घुस्दा आफुहरुले असुरक्षित महसुस गरेको बताएका छन।
तपाईँलाई मन पर्न सक्छ
समाचार
कावासोती नगर युवा संजालद्वारा युवामैत्री स्थानीय शासन सम्पर्क इकाई स्थापना
समाचार
मतदातासँग घर्तिको प्रतिज्ञा: आलोक चक्रपथ निर्माण अब प्राथमिकतामा
समाचार
संखुवासभाका गिरीको हत्या, एक भारतीयसहित दुई पक्राउ
समाचार
स्कटल्याण्डलाई हराउदै विश्वकपमा नेपालको सुखद विदाइ ,१२ वर्षपछि विश्वकपमा जित
समाचार
समता स्कुलमा ब्यापारीहरू र कलाकारहरूको कुनै संलग्नता छैन: संजेल
समाचार
तिजको पुर्वसन्ध्यामा 'रित्तो आगन' सार्वजनिक
छुटाउनुभयो कि ?