कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ। भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रूसको खोप निर्माता कम्पनीले जनाएको छ। रूसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले विज्ञप्ती जारी गर्दै हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो। खोपको उत्पादन सन् २०२१ को सुरूदेखि नै प्रारम्भ हुनेछ। यसै साताको प्रारम्भमा रूसले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो।
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रूसको घोषणा