कावासोती,मंसिर ८।नवलपुरको कावासोतीमा मंसिर १३ गते राजा आउ देश बचाउ भन्ने मुल नाराका साथ बृहत मोटरसाइकल र्याली तथा विरोध सभा आयोजना गरिने भएको छ।स्वतन्त्र रास्ट्रीय युवा समाज नवलपुरको आयोजनामा कावासोती डन्डाबाट सुरु भएर कावासोतिको फलफुल चोकमा समापन हुने कार्यक्रममा हजारौ नेपाली नागरिक सहभागी हुने अपेक्षा गरिएको विरोध प्रदर्सन कार्यक्रमका संयोजक राम बहादुर श्रेष्ठले बताए।पछिल्लो समयमा गणतान्त्रिक व्यवस्थाले बिकास र समृद्धि ल्याउन नसकेको र राजतन्त्रनै यो देशमा आवश्यक रहेको,संघीयता देशलाइ आवश्यक रहेको भन्दै कार्यक्रममा धेरै भन्दा धेरै सहभागी हुन अभियान्ता केशव चौलागाईंले अनुरोध गरे।राजतन्त्रको समर्थन तथा संघिय गणतान्त्रिक लोकतन्त्रको विरोधमा आयोजना गरिएको कार्यक्रममा नवलपुरको गैंडाकोट देखि दुम्किबास सम्मका सचेत नागरिक सहभागी हुने भन्दै कार्यक्रम अत्यन्तै शान्तिपुर्ण रहने अर्का अभियान्ता राजेस मैनालिले बताए।
राजाको पक्षमा कावासोतिमा अहिलेसम्मकै विशाल प्रदर्शन हुदै