कावासोती । नवलपुरको सदरमुकाम कावासोती नगरपालिकाले आज शुक्रवार सूचना जारी गर्दे नगरभित्रका सबै विद्यालयहरु सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सो सूचनामा मंसिर ७ गते आइतबारदेखि कक्षा १ देखि माथिका सम्पुर्ण कक्षाहरुको पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ।
कोरोनाका कारण यो सत्रमा सम्पुर्ण शिक्षण सिकाइहरु प्रभावित भैरहेकाका हुदाँ शिक्षा मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्भालन सम्बन्धि कार्यढाँचा २०७७ तथा कावासोती नगरपालिकाद्वारा जारी शिक्षा सम्बन्धि आकस्मिक कार्य योजनामा उल्लेखित मापदण्ड बमोजिम विद्यालयको पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाई सूचित गरिएको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले हस्ताक्षर गरिएको सुचना बताइएको छ ।
शिक्षा मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपश्चात असोज पहिलो सातादेखि धमाधम खुलेका नगरपालिका भित्रका विद्यालयहरुलाई नगरपालिकाको बिपद ब्यवस्थापन समितिले कोरोना को रोकथाम तथा नियन्त्रणका लागि भन्दै कार्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म नगरभित्रका सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाएको थियो ।
नगरभित्रका सबै विद्यालयहरु सञ्चालन गर्न कावासाती नगरपालिकाको निर्देशन