कावासोति । पुर्वि नवलपरासी कावासोति नगरपालिकाको वडा नं १५ गुडारदेखि बुधबार विहान मात्रै नवलपुर प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा रु १,८६,९०५ /- रुपैयाँ नगद सहित ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरमा कावासोती १५ गुडारमा बस्ने रुमेन महतोको घरमा निजले जुवातास खेलाएको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत समेतको टोली खटी गई उक्त स्थानमा कानूनको रितपुर्वक घर कोठा खानतलासी गर्दा ८ जना व्यक्तिहरु जुवातास खेलिरहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको छ ।