संजय कुशवाहा ५ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको बिभिन्न ठाँउहरुबाट करिब १३ लाख ५८ हजार मूल्य बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार सुस्ता गाउँपालिका वडा नं. २ कुडिया स्थित रामनगरबाट कुडियातर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ च ०३१२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा करिब ३० हजार मुल्य बराबरको ४० बोरा युरिया मल र पिकअप गाडीको मुल्य करिब १२ लाख बराबरको ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको संयुक्त प्रहरीटोलीले नियन्त्रणमा लिएको हो । यसैगरी सरावल गाउँपालिका वडा नं. ७ झरही खोलाबाट भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ९० हजार मुल्य बराबरको २ वटा भैसी र १ वटा भैसीको पाडो सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । त्यस्तै जिल्लाको सिमावर्ती क्षेत्रबाट करिब ३८ हजार मुल्य बराबरको मटर (केराउ) प्रतापपुर गाउँपालिका वडा नं. ४ हरपुरामा भारततर्फ अबैधरुपमा लैजादै गरेको ५ बोरा मटर (केराउ) प्रहरी चौकी पचपेडा र सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट ९ बोरा मटर मानिसहरुले साईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए । नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए
प्रहरीद्वारा पिकअप भ्यान सहित १३ लाख बढीको मालसामान नियन्त्रण