-पार्वति पाण्डे
नवलपुर । पुर्वि नवलपुरको कावासोति नगरपालिका वडा न एकका ६०० जना बृद्धहरु भत्ता बुझ्न वैंकको ढोका धाइरहेका छन ।
कावासोति वडा नं १ कोइलापानिका बृद्धहरु कावासोति इन्द्रचोकमा रहेको मेगा बैंकमा सरकारद्धारा प्रदान गरिने भत्ता लिनका लागि रातिदेखिनै आएर लाइन लागेर बसेका छन् ।बैंकले दिनमा ३० जनालाई मात्र भत्ता प्रदान गर्ने गरेको हुदाँ कोरोनाको भय हुदाँहुदै आफु ढिला गए अरु पहिलै गएर लाइन बस्लान आफ्नो पालो नआउला र भत्ता लिन फेरी अर्को दिन बैंकमा आएर कुर्न पर्ला भन्दै दैनिक बिहान सवेरै ४र ५ बजेदेखि नै बैंकको चिसो छिडिमा बसेर बैंक खुल्ने प्रतीक्षामा बुढाबुढी बसेका हुन्छन । 
उनिहरु भन्छन् सधै हामी अटो भाडा जादाँ(आउदाँ ३००,४०० खर्च हुने भत्ता जम्मा ८००० पाइन्छ कति हजार भाडामै खर्च गर्नुपर्ने हो खै भन्दै एक बृद्धले निरासा सहित वैंकमाथि आक्रोश ब्यक्त गरे।
सधैं दशै अगाडि असोजमै सबै जनतालाई भत्ता दिन पाइन्थ्यो तर अहिले कोरोना कारण सरकारले गरेको ढिलाइ, नगरपालिकाले आबश्यक चासो नदिनु, बैंकको बेवास्ता जस्ता कारणले दशैं अगाडि १दिन मात्रै बैंकले भत्ता बाड्यो र यो आइतवार देखि सुरु भएको छ तर दिनको ३० ओटा मात्र कुपन काटिने हुदाँ दशै अघि सुरु गरेको बृद्ध भत्ता बाड्ने कार्यक्रम तिहारसम्म पनि सबै जनताले बृद्ध भत्ता पाउलान जस्तो छैन भन्दै चिन्ता ब्यक्त गर्दछन् वडा नं १ का अध्यक्ष नारायण प्रसाद पन्त । उनि भन्छन् बैंकले जिम्मेवारी लियो तर त्यो जिम्मेवारीले जनतालाई सहज गराएन । यसरी दैनिक रुपमा यात्रा गर्दा भत्ता भाडामै खर्च हुन्छ अनि कोरोना फैलिने सम्भावना झनै बढ्छ ।

हामीले बैंकलाई तपाईहरु वडामै आएर भत्ता वितरण गरीदिनुस् छिटोछरीतो हुन्छ, हामीले जानेआउने सुरक्षित गाडी ब्यवस्था गर्छौ,कर्मचारी पनि हामीले खटाउछौँ ,भनेर अनुरोध गर्दा समेत बैंकले कुरा सुनेन ।

बैंकले जनतालागि सहज गराउन गराएको योजना तथा ब्यवस्थामा सकेको सहयोग गर्न तयार छौँ भन्दा पनि बैंकले वडाको कुरा नसुनेर आफै दिनको ३० वटा मात्र कुपन वितरण गर्दा बुढाबुढिलाइ परेको समस्याले आफू अत्यन्तै चिन्तित भएको समेत अध्यक्ष पन्तले बताए।