४ भदौ, बाँके । जिल्लामा थप २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका १७ जना, जानकीका गाउँपालिका का६ जना र नेपालगन्जका १ जना गरि कुल २४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन । जिल्लामा दिन प्रति दिन संक्रमण बढदै गइ रहेको हुनले सम्पुर्ण जिल्लावासीलाई सतर्कता अपनाइ घर मै बस्न प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन।
बाँकेमा थप २४ जना कोरोना संक्रमित