भैरहवा । समुदायमा काेराेना संक्रमण बढिरहेकाेबेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटिले भैरहवाकाे टाेलटाेलमा तपाईकाे मास्क खोई ? भन्ने ब्यानर लगाउन थालेकाे छ ।
ग्रिनसिटिले सर्वसाधारणलाई सचेत गराउने गरि मास्क लगाउनु अनिवार्य भएकाे भन्दै गरेकाे ब्यानरिङ अति नै महत्वपुर्ण रहेकाे लायन्स क्लब अफ ३२५ बि टु का स्ट्राटेजिक चिफ नवराज न्याैपानेले बताए ।
ग्रिन सिटिका अध्यक्ष शिवनाथ गुप्ताले लकडाउन भएतापनि मान्छेहरु साँझ र बिहानपख मास्क नलगाई बाटाे र चोकतिर हुल बाँधेर हिडिरहेकाे बेला उनीहरुलाई सचेत गराउने ढङ्गले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएकाे बताए । उनले भने, "हामी सेवा गर्छाै भन्ने मूल उद्देश्यका साथ स्थापित लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिले काेराेना महामारिकाे बेला समुदायमा काेराेनाबाट बच्ने सचेतनामुलक कार्यक्रम अन्तर्गत ब्यानरिङ गरिएकाे हाे ।"
भैरहवाकाे अन्चलपुर, बर्मेलिटाेल, लुम्बिनी राेड, मिलनचोक, मेउडिहवा मेडिकल कलेज, आँखा अस्पताल, देवकाेटा चोक, जनकपथ, एयरपोर्ट, बसपार्क, बेलहिया जस्ता अलि भिडभाड हुने ३० ठाउँ छनाैट गरेर मास्क खै भन्ने ब्यानरिङ गरिएकाे क्लबका तृतिय उपाध्यक्ष मनाेज क्षेत्रिले बताए ।
दिनहुँ काेराेना संक्रमितकाे दर बढ्नुकाे मुल कारण हेलचक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयाेग नगर्ने र सामाजिक दुरि कायम नगर्नु भएकाे जनस्वास्थयकाे पनि निष्कर्ष भएकाेले सरकारी अभियानमा हामीले हातेमालाे गर्ने काेशिस गरेकाे क्लबका सदस्य कमल रायमाझिले बताए । उनले भने, "काेभिडकाे लडाइमा ग्रिन सिटीकाे अभियान । बस्ती बस्तीमा पुर्याउ सचेतनाकाे ज्ञान । भन्ने नाराका साथ ग्रिनसिटिले अभियान थालेकाे छ ।"
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटि केही दिन अघि क्यान्सर पिडित मनाेज गिरिलाई ५१ हजार आर्थिक सहयाेग गर्दै स्थापना भएकाे हाे । ५३ सदस्य रहेकाे उक्त क्लबले काेभिड १९ काे न्युनिकरणमा स्थानिय सरकार, प्रदेश सरकार, जिल्ला संकट व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गर्ने तयारी गरेकाे क्लबका प्रथम उपाध्यक्ष गाेबिन्द प्रसाद गिरिले बताए ।