रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकाले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेको निष्कर्ष सहित गत साउन ३० गतेदेखि भदौं ५ गते अर्थात् भोलिसम्म पालिकाभर लकडाउनको घोषणा गरेको छ ।
सुरुका एक दुई दिन लकडाउनको उल्लङ्घन गाउँपालिकाका ठुटिपिपल, लखनचोक, कटैया लगायत बढी भीडभाड हुने क्षेत्रमा व्यापार व्यवसाय सञ्चालनमा रहेका थिए । तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौं २ गतेदेखि जिल्लाभर लकडाउनको घोषणा गरेसँगै अहिले यी क्षेत्रहरु निकै सुनसान देखिन्छन् ।
भैरहवा-बुटवल सडकखण्ड ओमसतिया गाउँपालिकामा पर्ने पड़सरी, तेनुहवा, ठुटिपिपल, लखनचोक, कटैया लगायत ठाउँहरुमा मानिसहरुको चहलपहलमा निकै घटेको छ । लकडाउनको समयमा अत्यावश्यक काम परेको समयमा घरबाहिर निस्कनै परेमा मास्क, ग्लोब्स, हेन्ड सेनिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सतर्कता अपनाउन गाउँपालिकाले गरेको अपिल सहितको लकडाउन अहिले प्रभावकारी देखिन्छ ।
तस्बिरहरु :- (मनोज चौधरी कुर्मी)



