बर्दघाट,नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाबाट केही दिन १ सय ६ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी पठाइएकोमा सबैको पिसिआर रिर्पोट बुधबार नेगेटिभ आएको छ । केही दिन पहिले बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारमा रहेको लक्ष्मी बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएसंगै उनको सम्पर्कमा रहेका ५० जनाको कन्ट्याक्ट ट्रेसिंगको आधारमा र क्वारेन्टाइन तथा होम क्वारेन्टाइनबाट ५६ जना गरि १ सय ६ जनाको पिसिआर परिक्षणको लागी पठाइएको थियो । जसमध्ये १ सय ६ जनाकै रिर्पोट बुधबार आएको र सबैको रिर्पोट नेगेटिभ रहेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवलीले जानकारी दिएका छन । त्यस्तै केही दिन पहिलेनै बर्दघाट नगरपालिका वडा नम्बर १६ मा एक महिलामा कोरोना रिर्पोट पोजेटिभ देखिएसंगै उनको सम्पर्कमा रहेका ५६ जनाको मंगलबार स्वाब संकलन गरि पिसिआर परिक्षणको लगाी पठाइएको र उनिहरुको पिसिआर रिर्पोट आइनसकेको स्वास्थ्य शाखा प्रमुख ज्ञवलीले जानकारी दिएका छन। बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकामा कोरोना भाइरस समुदाय स्तरमा फैलिनसकेको बताउदै आफ्नो स्वास्थ्यको पुर्णतया ख्याल राख्न, मास्क र सेनीटाइजरको समुचित प्रयोग गर्न तथा समाजिक दुरी कायम गरि आफु पनि बच्न र अरुलाई पनि बचाउन नगरबासीमा आग्रह गरेका छन। नजिकिदै गरेका चार्डपर्वका बेलामा कुनै पनि पाहुनालाई घरमा नबोलाई घरकै सदस्यका बीच स्वास्थ्यको ख्याल गरि चार्डपर्व मनाउन पनि उनले आग्रह गरे । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र बर्दघाट नगरपालिकाले छुट्टा छुट्टै गरेको निषेधाज्ञाको आज पाँचौ दिन नगरको अवस्था समान्य रहेको र निषेधाज्ञाको पालना भइरहेको समेत नगर प्रमुख बस्यालले बताएका छन।
बर्दघाट नगरपालिकाको १०६ जनाको रिपोर्ट नेगेटिभ ,५६ जनाको रिपोर्ट आउदै