नवलपुर । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना सङक्रमण देखिएको छ ।
उक्त संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ । सबैजनाको कन्ट्रयाक ट्रेसिङ्गबाट पहिचान खुलेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिका९९ की ७० बर्षीय महिलाको आज ( आइतवार ) बिहान ८.४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा कोरोना सङक्रमणका कारण निधन भएको छ । 
यसैगरि गण्डकि प्रदेशमा कोरोनाका कारण जम्मा मृत्यु हुनेको संख्या ५० पुगेको छ भने जम्मा कोरोना सङक्रमितको संख्या ५७२४ पुगेको छ ।