एलिना केसी, देवचुली, नवलपुरको बुलिड्डटार गाउँपालिका सुनार थुम्की घर भई हाल देवचुली दलदलेको मुनलाईट चोकमा भाडामा बस्दै आएका लोकेन्द्र बहादुर पुलामी र उमा पुलामीका १० महिने छोरा सीमाने पुलामीको उपचारका लागि एक दिन एक रुपैया दान अभियानद्वारा आर्थिक सहयोग गरेको छ । मुटु एवं आन्द्रा रोगबाट पिडित बालकको काठमाडौँ मेट्रो अस्पतालमा उपचार भईरहेको छ । उपचारका लागि घरपरिवारले आर्थिक सहयोगको अपिल गरिरहेको छ । आइतबार एक दिन एक रुपैया दान अभियानद्वारा ११ हजार १ सय ११ रुपैयाको चेक संस्थाका अध्यक्ष सौगात भुसाल र अभियान्ता सुनिल भुसालले पुलामीको आफन्तलाई हस्तान्तरण गरेका छन् । विगत २ महिना देखि बालक उपचारमा रहेकाले परिवारको आर्थिक क्षमताले नसक्ने भएपछि सहयोगको अपिल गरिएको थियो । लामो समय देखि एक दिन एक रुपैया अभियानले सामाजिक संजाल मार्फत रकम संकलन गरि दुखी, गरिबीलाई सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि संस्थाले सहयोग गर्दै जाने संस्थाका अध्यक्ष सौगात भुसालले बताएका छन् । सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै बालकको शिर्घ स्वास्थ्यको कामना समेत गरेका थिए । सहयोग गर्न चाहने जोकोहीले पिडितका बुबा लोकेन्द्र बहादुर पुलामी खाता नं गरिमा विकास बैंक लि. ०३२०१९००८४४१८८०००००१ मा सहयोगका लागि सम्पर्क गर्न सकिनेछ
मुटु एवं आन्द्रा रोगी १० महिने बालकलाई एक दिन एक रुपैया दान अभियानद्वारा आर्थिक सहयोग