रन्जीत शर्मा / नवलपरासी ,२० असाेज पश्चिम नवलपरासीको पाल्हिनन्दनमा जाेखिममा रहेका किशोरीहरुलाई अभिमुखिकरण तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हाे ।
सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालीको सहयाेगमा र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वयमा प्राण परियोजना अन्तर्गत किशोरीहरुलाई अभिमुखिकरण तथा सामग्री वितरण गरिएको हाे ।
सुनवल सामुदायिक बिकास केन्द्रकाे पुर्ब अध्यक्ष सन्जय कुमार श्रेष्ठकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा काेहारकाे प्रमुख अातिथ्यतामा २० जना किशोरीहरुलाई काेराेना भाइसबाट बच्ने उपाय,लैङ्िगक समानता तथा ब्यक्तिगत स्वास्थ्य सम्बन्धि सचेतना गराई प्याड र नुहाउने साबुन २ वटा,लगाउने तेल ,पेस्ट ,स्याम्फु ,ब्रस, K95 मास्क,सेनिटाइजर र नेलकटर १ /१ वटा गरि विभिन्न सामग्री बितरण गरिएको हाे। कार्यक्रममा बाेल्दै गाउँपालिका उपाध्यक्ष काेहारले काेराेनाबाट विश्व अातंकित भएको अवस्थामा सबैभन्दा धेरै जाेखिम गर्भवती महिला ,बालबालिका ,जेष्ठ नागरिक र किशोरीहरु रहेका छन ।
कतिपय किशोरी याैन हिंसाका सिकार रहेको हुनाले यसप्रति खुलेर दाेषिलाई कारवाहिकाे दायरामा ल्याउन पर्छ । गाउँघरमा महिला हिंसा ,चेलिबेटी बेचबिखन ,बालहिंसा ,बालविवाहका घट्ना घटिरहेको छ भने सम्बन्धित निकाय तथा गाउँपालिकामा खबर गर्न अाग्रह गर्नुभएको हाे।किशोरीहरु सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता तथा सिप सिखि अगाडि बढन सुझाव सहित पाएकाे सामग्रीको सहि सदुपयोग गरि सुनवल सामुदायिक बिकास केन्द्रकाे कार्यक्रममा हमेशा सहभागी भई समृद्ध गाउँपालिका बनाउनमा सहयाेग गर्न सबैलाई अनुराेध गर्नुभएको हाे ।
साथै सुनवल सामुदायिक बिकास केन्द्रले समुदायको लागि उदाहरणीय काम गर्दै अाएकाे प्रशंसा ब्यक्त गर्दै कार्यक्रम वडा नं. ५,६ मा मात्र रहेको हुनाले सम्पुर्ण वडामा विस्तारकाे लागि पनि अाग्रह गर्नुभएको हाे। कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष सन्जय पाठक ,वडा नं. ५ का वडा अध्यक्ष अाेम प्रकास गुप्ता ,रेडियो परासीकाे कार्यक्रम प्रमुख मालति न्याैपाने, सामाजिक परिचालन अशोक कुमार गुप्ता ,शक्ति काैशाल लगाएतको सहभागीता रहेको थियाे भने कार्यक्रमकाे सहजिकरण उमेश कुमार बि.क ले गर्नुभएको थियाे।