नवलपुर,भाद्र १६। चितवनको सेन्ट्रल हस्पिटलमा कार्यरत नर्स सिम्रन तिवारी कोरोनाको लडाइमा अग्रपंक्तिमा रहेर काम गर्ने शिलशिलामा आफू पनि कोरोना संक्रमित हुन पुगिन।आफू कोरोना संक्रमित भएपछी उनले सामाजिक संजाल मार्फत आफू सर्टिफिकेटको लागि मात्रै नपढेको भन्दै आफ्नो कर्ममा निरन्तर लाग्दा आफू कोरोना संक्रमित भएको भन्दै आफ्नो मनोबल उच्च रहेको बताएकी थिइन ।त्यो बेला उनको फेसबुक स्टाटसले राम्रो चर्चा पायो भने देश विदेशबाट उनलाइ शिघ्र स्वास्थ लाभको कामनाको ओइरोनै लागेको थियो।भर्खरको युवती भएर पनि त्यो परिपक्वता ,सुझबुझ ,आत्मविश्वास अनि कर्तव्यबोध देखेर धेरैले उनको प्रशंसा गरेका थिए।आज उनी कोरोनालाई जित्न सफल भएकी छन। आफुले कोरोना जितेको भन्दै उनले आफ्ना आमाबुबा तथा देश विदेशबाट शुभेच्छा प्रकट गरेर हौसला प्रदान गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्दै अझ बढी नमुना सामाजिक कार्य गर्ने बताएकी छन। सिम्रन तिवारिको फेसबुक स्टाटस :
सबैलाइ धन्यवाद ...... कोरोना रोगलाइ जित्न सफल भएकि छु। सर्बप्रथम त मलाइ यस धर्तिमा जन्मदिनुहुने बाबा ममि प्रति आभारि छु। आफ्ना हरेक चाहनालाइ तिलान्जलि दिएर मलाइ यो ठाउ सम्म पुर्याउनुभयो । छोरिलाइ एक नर्सका रुपमा हजारौ बिरामिको सेवा गर्न सक्ने लायकको बनाउनुभयो। त्यहि आफ्नो कर्ममा आफ्नो जिम्मेवारि कर्तब्य पुरा गर्दा बिरामिको उपचार गर्दा गर्दै कोरोना सन्क्रमित हुन पुगे ।१४ दिनको आइशोलेशनको बसाइ पछि आज रिपोर्ट नेगेटिभ आएको छ्। यो समयमा मलाइ उर्जा दिनुहुने मनोबल उचो बनाउन साथ दिनुहुने अस्पताल प्रशासन , डा, नर्स , दाइ दिदि साथि हरु, भाइ बहिनि अन्कल अन्टि आमा बुवा , र बिशेस गरि आफ्नो ज्यानको प्रबाह नगरि हामिलाइ निरन्तर हौशला दिनुहुने डा. शशांक कुमार सिंह लगायत स्वास्थ्यको चासो राख्नुहुने सबै प्रति आभार एवम् नमन ब्यक्त गर्दछु। फोन मार्फत , सामाजिक सन्जाल मार्फत , हरेक कोणबाट स्वास्थ्य लाभको कामना गर्नुहुने हजुरहरु सबै मेरा लागि रियल भगवान हुनुहुन्छ्। आज देखि थप म मा उर्जा थपिएको छ्। अब नया जोशका साथ अझ आफ्नो कर्ममा झन शसक्त रुपमा काम गर्ने प्रतिबद्द्ता ब्यक्त गर्दछु। म कत्ति पनि बिचलित भएको छैन म मा आज देखि झन फरक खालको उर्जा थपिएको छ्। आज नया जिबन पाउन सफल भएको छु। म मरेको भए आज सम्म बिर्सिन्थे होला तर बाचेकि छु अब म सारा समाजका लागि अझ नमुना कार्य गर्नेछु। मैले पहिला नै भनेको थिएकि म certificate का लागि मात्र नर्स अध्ययन गरेको होइन बास्तबमै बिरामिहरुलाइ सेवा गर्न सकु र नर्स पेशालाइ अझ मर्यादित सम्मानित पेशाका रुपमा स्थापित गराउन सकु भन्ने हेतुले यो नर्स क्षेत्र अगालेकि हु। अब आगामि दिनमा अझ लगनशिल, मर्यादित भएर हजारौ नागरिकको सेवामा नै आफुलाइ ब्यतित गर्ने प्रण गर्दछु।