रन्जीत शर्मा/ नवलपरासी/ २९ भाद्र। पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न० १ महेशपुरमा सशस्त्र प्रहरीको कुटाइले एक ब्यक्ति घाइते भएका छन ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न० ०१ महेशपुर बस्ने गोपाल गुप्ताले आज दिउँसो सिमा नाका बाट भारत छिर्ने क्रममा सशस्त्र प्रहरीको पिटाइबाट घाइते भएका हुन् । पश्चिम् नवलपरासीको सिमा नाका को चोर बाटोबाट प्रहरीको मिलोमतो मा दिनहु नेपाल बाट भारत र भारत बाट नेपाल करिब हजारौं मान्छे हरु आवतजावत गर्ने गर्दैछन् ।
घाइते गुप्ताका अनुसार " उनी भारतको ठुठिबारी बजार जान का लागीका साइकल लियर सशस्त्र प्रहरीले गस्ती गर्ने ठाउँमा सोध्न जानु भएको थिए तर सशस्त्रले आदेश न दिए पछी पुनः फरकिने क्रममा एक छिन साइकल खडा गरेर अरु मान्छे आवतजावत गर्छन् कि नहि भनेर साइकल सशस्त्रले गस्ती गरेको १० मिटर पर राख्ने गर्दा , यहाँ साइकल राख्न पाइन् तपाई जानुस् भनेर सशस्त्र को भनाइ पछी यश विशेषलाई लिएर सवाल जवाफ हुदै गर्दा सशस्त्र ऊनी माथी प्रहार गरेका थिए ।
हाल निजको अवस्था सामान्य रहेको तथा नजिक मेडिकलमा सामान्य उपचार भए पछी जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा थप उपचार भइरहेको स्थानीयले बताएका छन् ।
कुटपिट गर्ने सशस्त्र प्रहरीका असइ हुन। उनीलाई थप विभागीय कार्यवाही गर्ने तथा अर्को गणमा पठाउने तथा घाइतेले आफै उपचार खर्च व्यहोर्नुपर्ने निर्णयका साथ आपसमा सहमत भएको हरपुर सिमा सशस्त्र प्रहरी बलका इन्सेपेटरले जानकारी दिएका छन् ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा दिनहु सिमामा राती राती तस्करी भइरहेको छ ।