दिपक भट्ट / डडेल्धुरा/ १५ असोज । डडेल्धुरा जिल्लाको भागेश्वर गाउपालिकामा कर्मचारी छनाैटमा मिलेमताे भएको छ । डडेल्धुराकाे भागेश्वर गाउँपालिकाले कृषिमा चार , भेटेरिनरिमा दुई , अाेभरसियरमा एक र अाई टि पदका लागि विज्ञापन अावह्ना गरेकाे थियाे । माथिका पदका लागि निवेदकहरुले रित अनुसार अावेदन लाेक सेवा अायाेगकाे ढाचामा भरेका थिए । गाउँपालिकाले सबै पदका लागि अायाेग काे पाठ्यक्रम अनुसार पेपर बनाउने भनेकाे थियाे तर पाठ्यक्रम बीस प्रतिशत पनि अायाेग काे जस्ताे थिएन परीक्षा दिने हरुकाे गुनासाे छ । परीक्षा विनाविज्ञ गरिएकाे परिक्षामा सहभागी लाेक ठकुरीले जानकारि दिनु भएकाे छ। परिक्षामा न त विज्ञ राखियाे न त निश्पक्ष गरियाे अाम अावेदककाे गुनासाे छ । उनका अनुसार राता रात पेपर तयार गरियाे र मिलेमताेमा अाफ्ना लाई राखेकाे भनाइ छ ।
परीक्षा भएकाे दस दिन पछि मात्र अाेभरसेयरकाे नतिजा निकालेकाे हाे , यस्तै अरु विज्ञापनमा पनि अन्तरवार्ता भएकाे दुई दिन पछि मात्र नतिजा निकालिएकाे थियाे । अहिले अाम नागरिकले परीक्षा का बिषयमा संक्का गरि रहेका छन् । गाउँपालिकाका नेता र कर्मचारी काे मिलेमताेमा जागिरि दिईएकाे अाम नागरिकाे गुनासाे छ । पेपर लाेकसेवा अायाेगकाे ठाचामा दिने भनिएकाे थियाे तर पेरमा पाठ्यक्रम मिलेकाे थिएन । विज्ञापन गरिएका सबै पदमा भागेश्वरमा राजनितिक दबाबमा अासेपासे लाई भागभण्डा गरि नियुक्त गरिएकाे पाईएकाे छ । जहाँ राजनिति पावर वहाँ कर्मचारी भने झै भएकाे छ । हिजाे परीक्षा पुन गरिनु पर्छ भनेर निवेदन दर्ता गरिएकाे र प्रेस विज्ञप्ति समेत निकालिएकाे छ केछ त निवेदन र विज्ञपतिमा याे पढ्नुस -