दुम्किवास,नवलपुर।नवलपुरको विनयी त्रीवेणि गाउपालिका पशु सेवा शाखाको आयोजना तथा नेल्टा नवलपुरको सह आयोजनामा विश्व पशुपन्छी दिवस मनाइएको छ।पशुधनलाइ माया गरौ,पशुहरुलाइ मानवीय व्यबहार गरौ भन्ने मुल उद्देश्यले आयोजित कार्यक्रम अन्तर्गत सचेतनामुलक प्रभातफेरी कार्यक्रम तथा गाउपालिकाका प्रत्येक वडाहरुमा रहेका कुकुर हरुलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम गरिएको विनयी त्रीवेणी गाउपालिका पशु सेवा शाखा प्रमुख महेन्द्र भन्डारीले बताए।
गाउपालिका परिसरमा गरिएको औपचारिक उद्दघाटन सत्रको अध्यक्षता गाउपालिका उपाध्यक्ष मिना राइ, प्रमुख आतिथ्यता गाउपालिका प्रमुख प्रशासकिय अधिकृत ज्योती प्रसाद अर्यालले गरेका थिए भने गाउपालिकाका वडाध्यक्षहरु,राजनैतिक दलका प्रतिनिधि ,गाउपालिकाका कर्मचारीहरु,नेल्टा नवलपुरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन पशु सेवा शाखा प्रमुख महेन्द्र भन्डारिले गरेका थिए भने स्वागत मन्तव्य पशु सेवा शाखा अधिकृत रामदेव महासेठले गरेका थिए।उद्द्घाटन सत्र समापन भएपछी उपस्थिति सम्पुर्ण प्रभातफेरी कार्यक्रममा सरिक हुँदै गाउपालिका कार्यालयदेखि पशु सेवा शाखा कार्यलाय सम्म सचेतनामुलक नारा सहित पैदल यात्रा गरेका थिए।
प्रभातफेरी कार्यक्रम सप्पन्न भएलगत्तै पशु प्राबिधिक हरुको टोलि गाउपालिकाका हरेक वडामा रेबिज नियन्त्रणका लागि टोल टोलमा घरमा पालेका तथा समुदायामा रहेका कुकुर हरुलाइ रेबिज बिरुद्दको सुइ लगाउने कार्यक्रममा खटेका थिए।
कार्यक्रम अन्तर्गत गाउपालिकाका ७ वटा वडामा जम्मा १५३ कुकुरलाई रेबिज नियन्त्रणका लागि खोप दिइएको नेल्टा नवलपुरका अध्यक्ष विकाश श्रेष्ठले जानकारी दिएका छन।विश्व पशुपन्छी दिवसका अवसरमा आयोजित कार्यक्रम अपेक्षित रुपमा सफल भएको भन्दै सहयोग गर्ने सम्पूर्णलाई पशु सेवा शाखा प्रमुख भण्डारीले धन्यवाद दिएका छन।
विश्व पशुपन्छी दिवसमा विनयी त्रीवेणिमा १५३ कुकुरलाइ रेबिजको सुइ