कावासोती-कावासोतीको फलफूल चोकबाट सुभारम्भ भएको फुड बैंंक कार्यक्रम भोलि शनिबार दुम्किबासमा संचालन हुने भएको छ । फुड बैंक कार्यक्रम कावासोतीमा नौ दिन डन्डा र अरुण खोलामा एक/एक दिन सन्चालन भएको थियो। हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने नाराका साथ सन्चालन गरिएको कार्यक्रमले धेरै राम्रो प्रभाव पारेको कार्यक्रमका संयोजक किरण भुर्तेलले बताए ।
लकडाउनले गर्दा काम गर्न नपाएका र खानको लागि मुस्कील भएका र मजदुर गरेर खाने धेरै जना भोकै बस्नु परेको कारणले, हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने नाराका साथ यो कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम महाअभियान हरेक दिन एक मुठ्ठी दान , जेसिआइ नवलपुर ,सहयोगी सस्था र ड्याड नेपाल कावासोतिको संयुक्त आयोजना र हाम्रो संसार , रेड्क्रस साखा कावासोती र कोइलापानी पोलस्टार क्लबको सहकार्य रहेको छ भने दुम्किबासमा भोलि संचालन हुने कार्यक्रमको संयोजक स्थानीय समाजसेवी युवा दिल जंग रायमाझीले गरेका छ्न l