रन्जीत शर्मा/ नवलपरासी/ १५ असोज। मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।
आज असोज १५ गते जन्मदिन परेका नेपाल तरुण दल पश्चिम नवलपरासीका सहसचिव एवं युवा नेता भरत पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर विपन्न्न तथा असाहय परिवारलाई लगायत सामाग्री सहयोग गर्नुभएको छ । आज पश्चिम नवलपरासीको सुनवल ८ फुलबारी टोलकी फुलमति दर्जिको परिवारलाई चामल, दाल, तेल नुन लगायत खाद्यान्न सामाग्री र घर छाउनका लागि जस्ता पाता उपलब्ध गराएर आफ्नो जन्मदिन मनाएको सहसचिव पौडेलले जानकारी दिनुभयो ।
धेरैले फजूल खर्च गरेर जन्म दिन मनाउने गरे पनि पौडेलले असाहय परिवारलाई सहयोग सामाग्री बितरण गरेर जन्मदिन मनाउनुभएको हो । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि सहयोग गरेको पौडेलले बताउनुभयो । यस किसिमका सामाजिक कार्यहरुमा अन्य व्यक्ति , संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्ने साथै अगामी दिनमा पनि आफुले अझै धेरै सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।