कावासोती,नवलपुर ,साउन २७
पछिल्लो समयमा आफ्नो जिवनका महत्त्वपूर्ण तथा खुसिका दिनहरुलाई रचनात्मक तथा सामाजिक कार्य गरेर मनाउने प्रचलन बढीरहेको छ।अनावश्यक फजुल खर्च गर्नु भन्दा कुनै सामाजिक कार्यमा लगाउदा उक्त रकमले गार्हो अवस्थामा रहेकालाई सहयोग हुने तथा रकमको पनि सहि सदुपयोग हुने हुदा पछिल्लो पुस्ता यस्ता कार्यहरुमा अग्रसर देखिएका छ्न।
यसैक्रममा अनेरास्ववियू नवलपुर जिल्ला संयोजक ठाकुर पराजुलिले पनि आज आफ्नो जन्मोत्सवको अवसर पारेर नवलपुरको कावासोतिमा रहेको मौलाकालिका अपांग संस्थामा खाद्यान्न सहयोग गरेर मनाएका छ्न।उनले संस्थालाइ चामल,दाल,नुन ,तेल सोयाबिन लगायतका सामाग्री सहयोग गरेका हुन।अनावश्यक पार्टी गरेर तथा महङ्गो सामाग्री किनेर आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिनको अवसरमा सामाजिक संस्थामा सहयोग गर्दा आफुलाइ छुट्टै आत्मसन्तुष्टि मिलेको र यस्ले समाजमा सकारात्मक सकारात्मक सामाजिक सन्देश प्रवाह गरोस भन्ने हेतुले आफुले खाद्यान्न सहयोग गरेको पराजुलिले बताए।
कुनै भिडभाड बिना संस्थामा पुगेर उनले सामाग्री हस्तान्तरण गरेका हुन।उनले अरुले पनि यस्ता राम्रो कामको सिको गरेर सामाजिक कार्यमा आफुलाइ अग्रसर गराएमा समाजमा रहेका कतिपय समस्याहरु स्थानीय स्तरमै समाधान हुने तर्फ पनि जोड दिए।खाद्यान्न सामाग्री ग्रहण गर्दै संस्थाका संचालकले पराजुलीलाई धन्यवाद दिदै अन्य सहयोगि मनहरुलाइ पनि सहयोगको लागि अपिल गरेका थिए