रन्जीत शर्मा/ नवलपरासी/२ कार्तिक । पछिल्लो समय नेपालमा बलात्कारका घटना बढिरहेकाले यसको रोक्न लागि पश्चिम् नवलपरासीको बर्दघाटका युवाहरुले स्वतन्त्र रुपमा यसको विरुद्ध आवाज उठाउन र सम्बन्धित निकायलाई झक्झकाउनको निमित्त आज बर्दघाट-०९ भुताहामा जागरुप युवाहरु द्वारा कालो टिसर्ट लगाएर विभिन्न नारा सहितका प्लेकाड बोकेर दिप प्रज्वल गरि बिरोध प्रदर्शन गरिएको छन ।
नवलपरासी समेत पछिल्लो समय बलत्कारका घटना बढेकोले त्यसका बर्दघाट नगरपालिका क्षेत्रका युवा युवतिहरु सडकमा प्रदर्शन गरेका हुन् ।
भुताहा चोकमा भेला भएका ७० भन्दा बढी युवा युवतीहरु आज कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर बलात्कार बिरुद्ध प्रदर्शन बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको छ ।