असोज १५ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै ४ हजार नजिक पगेको छ । प्रदेशमा बिहीबार बिहान क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणको नतिजा सार्वजनिक भएसंगै प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या ४ हजार नजिक पुुगेको हो । बिहीबार बिहान मात्रै गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमणको पष्टि भएको छ । यसरी पुष्टि हुनेमा कास्कीका १६, स्याङ्जाका ३, नवलपुरका ५ र बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । आज थपिने मध्य पोखरा महानगरका वडा नं ३१, ३०, २९, १७ र ३ का हुन् । यस्तै स्याङजाको भिरकोट नगरपालिकाका ३ जना छन् । यस्तै नवलपुर बर्दघाट सुस्ता पुर्वको देवचुलीका २ जना र कावासोतीको वडा नं ९, ८, ३ र २ का ४ जना छन् । उता, बाग्लुङको निसीखोला वडा नं ३ र ५ का ३ जना र गल्कोटको वडा नं ३ र ४ का ३ जनामा पुष्टि भएको हो । यो संगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३९४० पुगेको छ ।
गण्डकीमा कोरोना पुष्टि हुनेको संख्या ४ हजार नजिक