भैरहवा । अपाङ्ग बाल अस्पताल तथा सक्षम परियाेजना र सि.बि.एम. बुटवलको आर्थिक सहयोगमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको छ । बिहिबार भैरहवा नमुना मा.वि.को स्रोत हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिद्वार्थनगर नगरपालिका रुपन्देहीका सामुदायिक विद्यालयका प्राध्यानाध्यापक तथा शिक्षकहरुकाे उपस्थितिमा अपाङ्गता तथा उनीहरुका अधिकार र समावेशीकरणकाे विषयमा छलफल गरिएकाे थियाे ।
भैरहवा नमूना मा.वि.का प्र.अ.चुर्ण प्रसाद पाण्डेले अपाङ्ग मैत्रि भनिए पनि सबै विद्यालयहरूले अपाङ्ग मैत्रि भवन तथा सहज वातावरण नबनाएकाेले यस तर्फ ध्यान दिनु पर्ने बताए । साथै पाण्डेले सक्षम परियाेजना तथा एचआर डिसिकाे सहयाेगबाट आफ्नाे विद्यालयमा धेरै सुधार आएकाे बताए ।
सक्षम परियाेजना तथा सि.बि.एम.काे आर्थिक सहयाेगमा सम्पन्न कार्यक्रममा एचआर डिसिका पुनस्थापना सहायक तुल्सीराम ओलिले अपाङ्ग बाल अस्पताल र उक्त कार्यक्रम बारे प्रकाश पारेका थिए ।
यस्तै संस्थाका बुटवल शाखा सुपरभाइजर दिप न्याैपानेले अपाङ्गताकाे परिभाषा, प्रकार, अपाङ्गता हुने कारण र यसकाे राेकथामका उपायहरुबारे प्रशिक्षण गर्नु थिए । साथै कार्यक्रममा समुदायमा आधारित समावेशि विकास र अपाङ्गता अधिकार सम्बन्धि प्रशिक्षण गरेका थिए ।
सोहि कार्यक्रमका बीच संस्थाद्वारा नमुना मा .वि. का छात्र आकाश पासिलाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएकाे थियाे । कार्यक्रम सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालकाे अध्यक्षतामा र २५ जना शिक्षक शिक्षिकाकाे सहभागितामा सम्पन्न भएकाे थियाे ।