रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा ४५ पुरुष र ३१ महिला गरि ७६ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ७६ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९ सय ४२ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका ४५ जना, देवदहका १, तिलोत्तमाका ९, कञ्चनका १, सिद्धार्थनगरका ३, सियारीका १, सैनामैनाका १, ओमसतियाका १ र रोहिणीका १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये ११ सय ५७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने ७ सय ६५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।