दोरेन्द्र खड्का / बझाङ /३० भाद्र । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङ सदस्यता थप सम्बन्धि पठाएको निर्णयप्रति प्रेस संगठन जिल्ला शाखा बझाङले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको नामसहित सिफारिस गर्न भनि परिपत्र आएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैरपत्रकारहरुको सदस्यता सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल जिल्ला शाखा बझाङले आपत्ति जनाएको हो ।
जिल्लामा संञ्चालित विभिन्न मिडिया हावस र पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दवदवाह राखिराख्न ब्यापारीदेखी कानुन ब्यबसायी र राजनितिज्ञसम्मलाई पत्रका महासंघको सदस्यता वितरणका लागी सिफारिस गरेको हो । बेलाबेलामा गैर पत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन नेपालले यसपटक पनि सिफारिस गरिएका गैरपत्रकार हरुको सदस्यता सिफारिसलाई सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालावन्दि गरेको हो ।
नेपाल पत्रकार महासंघले आफ्ना गतिविधीलाई नसच्याएसम्म चरणबद्धरुपमा आन्तोलन गर्ने प्रेस संगठन बझाङका अध्यक्ष रमेश केसीले बताउनु भयो । आज एक बिज्ञप्ती जारी गर्दै संगठनले महासंघ भित्रको राजनिती कम गर्नु पर्ने र नातागोता, राजनितिक दलका कार्यकर्ताहरुको सदस्यता खारेज गर्नु पर्ने माग राख्दै नयाँ सिफारिस गरिएका १८ जना गैर पत्रकार र राजनितीक दलका कार्यकर्ताहरुलाई खारेज गर्नु पर्ने माग राखेको छ । यस अघी नेपाल पत्रकार महासंघ बझाङ शाखाले महासंघका अध्यक्ष जगदिश रोकायाको हस्ताक्षरित सिफारिस पत्रमा ३६ जना नयाँ सदस्यहरुको नामावली सहित प्रेदेश र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रमा उल्लेख गरेका ३६ जना पत्रकारहरुमा १८ जनालाई अध्यरक्ष र सचिवले नाताबाद कृपावाद गरी सिफारिस गरेको भन्दै प्रेस संगठन नेपाल बझाङ शाखाले आपत्ती जनाएको हो।