रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा ३२ पुरुष र २६ महिला गरि ५८ जना संक्रमित थपिएका हुन् ।
मंगलबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार ५८ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका ३० जना, सिद्धार्थनगरका ८ जना, कञ्चनमा ६, रोहिणीमा ११ र देवदहमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
हालसम्म संक्रमण पुष्टि भएका मध्ये ९ सय ९९ जना निको भएका छन् भने ८ सय ६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।