२०७७ भदौ २८, चोरमारा।नवलपुरको मध्यविन्दु नगरपालीकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत मध्यविन्दु नगरपालिका–१२ का ६० वर्षीय पुरुषको शुक्रबार साझ मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निमोनियाको उपचार गराइरहनुभएका उहालाई भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रुपन्देहीको देबदहमा छोरीको घर जानुभएका उहाको उपचारको क्रममा भदौ २६ गते मृत्यु भएको मध्यबिन्दु नगरपालीका स्वाथ्य शाखा प्रमुख माधब पोख्रेलले बताउनुभयो ।
नवलपुरको मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु