बसन्त न्याैपाने,१७ जेठ, २०८२ ,चोरमारा । संस्थाका पदाधिकारी तथा महिलाहरुलाइ लक्षित गरी रेसम फिरिरी नेपाललेआयोजना गरेको तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम शनिबार समापन गरिएको छ । दक्ष उद्घोषक उत्पादन गर्ने तथा महिलाहारु नेतृत्व विकास गर्ने उद्धेश्यले रेशम फिरिरी नेपालद्वारा मध्यविन्दु -७ चोरमाराको दुर्गा मन्दिरमा तालिम संचालन गरिएको हो ।
जेठ १५ बिहिवारबाट सुरु भएको तालिमको समापन कार्यक्रममा कार्यक्रमको सभाध्यक्ष दीपक पंगेनीले तीन दिनको तालिमले सहभागीमा सकारात्मक परिवर्तन आएको बताए । तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई कार्यक्रमको अध्यक्ष सुझाव दिए ।
कार्यक्रमको समापन समारोहमा मध्यबिन्दु नगरपालिकाको उपप्रमुख तथा प्रमुख अतिथि पूर्णकला चौधरी, मध्यबिन्दु- ७ को वडा सदस्य अर्जुन पुरी र कुमारवर्ती माध्यमिक विद्यालय, कोल्हुवाको प्रिन्सपल जनक केसी ,मुख्य प्रशिक्षक किरण भुर्तेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिमका सहभागी प्रशिक्षार्थीहरु ठाकुर अर्याल, पार्वती अर्याल लगायतले आफुहरुमा तालिमपछि धेरै परिवर्तन आएको भन्दै अगाडी बढ्ने हौसला मिलेको बताएका थिए ।
तालिममा स्वर ,सुर ,शव्द र प्रस्तुति अभ्यास समेटिएको थियो। तालिमको सहजीकरण कावासोतिमा रहेको गण्डकी स्किल लर्निङ्ग एकेडेमीका सहजकर्ताहरु किरण भुर्तेल ,करुण लम्साल ,कमल चापागाईं ,शंकर देवकोटा लगायतले गरेका थिए।