नगर युवा सञ्जाल कावासोतीका अध्यक्ष पवन भुर्तेल ‘National Youth Council Model United Nations 2025’ का लागि प्रतिनिधिका रूपमा छनोट भएका छन्। राष्ट्रिय युवा परिषद् द्वारा आयोजित यस कार्यक्रममा देशभरका युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल र कूटनीतिक क्षमताको विकास गर्ने उद्देश्यले सहभागी गराइनेछ।
पछिल्लो केही वर्षयता पवन भुर्तेलले कावासोती नगरमा युवामैत्री अभियान, नीति संवाद, नेतृत्व विकास कार्यक्रम, तालिम तथा सञ्जाल निर्माणका प्रयासहरूमा अगुवाइ गर्दै आएका छन्। उनले सञ्चालन गरेका कार्यक्रमहरूले नगरका सयौं युवामा चेतना, क्षमता र सक्रियता अभिवृद्धि गर्न सफल भएका छन्। चाहे स्थानीय तहको नीतिगत संवाद होस् वा समुदायस्तरको सामाजिक अभियान—भुर्तेलको उपस्थिति सदैव प्रेरणादायी रहँदै आएको छ।
देशभरका ४०० भन्दा बढी प्रतिस्पर्धीहरूमध्येबाट भुर्तेलको छनोट हुनु उनको नेतृत्व क्षमता, प्रतिबद्धता र युवामाझको प्रभावको सशक्त प्रमाण हो। यस सफलताले कावासोतीको युवा नेतृत्व राष्ट्रिय मञ्चमा समेत प्रभावशाली रूपमा स्थापित भएको देखाएको छ।
राजनीतिक संलग्नता र सामाजिक उत्तरदायित्व बहन पनी गरिरहेका भुर्तेल , नेपाल विद्यार्थी संघ, कावासोती नगरका उप-सभापति समेत रहेक छन् र कुमारवर्ती बहुमुखी क्याम्पसका स्ववियू उपसभापती भुर्तेलको सक्रियता केवल सामाजिक अभियानमै सीमित छैन। उनी नीतिगत तहमा पनि युवाको आवाज उठाउन निरन्तर सक्रिय छन्। उनीजस्ता प्रतिबद्ध युवाको प्रतिनिधित्वले स्थानीय युवा राजनीतिक चेतनशीलता र सहभागिता दुवैमा सशक्त प्रभाव पारिरहेको छ।
नगरका युवाबीच उनी एक प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छन्, र उनको यो सफलता सम्पूर्ण युवा पुस्तालाई अझ सक्रिय, सचेत र उद्यमशील बन्न प्रेरणा दिने विश्वास गरिएको छ।