वैशाख १९, काठमाडौ । थारु विद्यार्थी समाजका केन्द्रिय उप-महासचीव अर्नव चौधरी राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनीत भएका छन।
दाङको गढवा गाउपालिका-७ निवासी युवा चौधरीलाई राष्ट्रिय युवा परिषद ऐन २०७२ दफा ५ को उपदफा १ को खण्ड ठ बमोजिम सदस्य पदमा मनोनीत गरिएको शाखा अधिकृत मान बहादुर कार्कीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।चौधरीको कार्यकाल ४ बर्ष रहनेछ।
राष्ट्रिय युवा परिषदको सदस्य बनेका अर्नव चौधरी लामो समयदेखि युवाहरुको क्षेत्रमा सक्रिय रहेका थिए।