काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय सदस्य विजय महतोलाई प्रचारप्रसार विभागको संयोजकमा चयन गरेको छ। आज नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विधान २०२७ को सातौं संशोधन २०७५ को भाग ८ धारा २७ बमोजिम संयोजकमा नियुक्त गरेका हुन्।
आज नियुक्त भएका केन्द्रिय सदस्य महतोलाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विधि विधान र मर्यादाभित्र रहेर काम गर्न आग्रह गरेका छन ।
महतो लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय विद्यार्थी नेता हुन।नवलपुको मध्यविन्दु नगरपालिका घर भएका महतो पछिल्लो समय नवलपुरको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य मनोनीत भएका थिए।